पोखरामा जुवातास खेलिरहेको अवस्थामा ४ लाख बढी नगदसहित ७ जना प्रकाउ
पाेखरा | भदौ ७, २०८०
पोखरा: पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार ८० रुपैयाँसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
इन्द्रबहादुर हिराचनले संचालन गरेको होटलमा जुवातास खेल्दै गरेको अवस्थामा मुस्ताङको घोरपझोङ गाउँपालिका २ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, ५८ वर्षीय मोहन थकाली, ४६ वर्षीय नविन प्रसाद थकाली प्रकाउ परेका हुन् ।
यस्तै पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन र दलबहादुर हिराचनलाई प्रकाउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रकाउ परेका जुवाडे माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

